काठमाडौं । जुझारु युवाहरुको टोलिले १० लाख जनालाई निःशुल्क ल्यापटप तथा कम्प्युटर मर्मत कार्यक्रम घोषणा गरेको छ ।
राष्ट्रसेवक तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि फ्रि रिपेयरिङ्ग मेला गरिसकेको थ्री कम केयरले पत्रकारका लागि पनि निःशुल्क ल्यापटप तथा कम्प्युटर मर्मत कार्यक्रम घोषणा गरेको छ । थ्री कम केयर प्रमुख विपिन जैसवालले युवाहरु एकजुट भएकाले १० लाख जनालाई निःशुल्क सेवा दिन सम्भव हुने बताउनु भयो ।
सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले अस्पतालमा अप्रेसन सामाग्री किन्दा बिरामी ठगिने गरेको जस्तै ल्यापटप तथा कम्प्युटर मर्मतमा भित्र फेरिएका उपकरणको रकम बढि असुल्नेहरु बिरुद्ध यस्तो अभियानले काम गर्ने बताउनुभयो ।
अपाङ्ग सेवा नेपालका अध्यक्ष बिरोध खतिवडाले अपाङ्गता भएका व्यक्तिहरु कम्युटर तथा ल्यापटप मर्मत गर्न अन्यत्र जादा निक्कै ठगिएको देखेर यस्तो कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका प्रतिनिधि, मधेशी पत्रकार समाजका प्रतिनिधी र बिभिन्न सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६, १८:४५