काठमाडाैँ । विश्वकप क्रिकेट लिग-टूको आफ्नो अन्तिम खेलमा युएईसँग खेलिरहेकाे नेपालले पाचाैँ सफलता हात पारेको छ । दिपेन्द्रसिंह ऐरीले यूएईका रोहन मुस्तफालाई २० रनमा आउट गर्नुभयो । यो उहाँको दोस्रो विकेट हो । सन्दीप लामिछाने र ललित राजवंशीले एक एक विकेट लिनुभएको छ । ३८ ओभरको खेल सकिँदा यूएईले ५ विकेट गुमाएर १७६ रन बनाएको छ ।
नेपाल कीर्तिपुरमा टस हारेर पहिले बलिङ गरिररहेको छ ।
यूएईका कप्तान माेहम्मद वासिमले ६३ रन बनाउनुभयो । आक्रामक ब्याटिङ गर्दै वासिमले ४९ बलमा २ चाैका र ६ छक्का प्रहार गर्नुभयो । यस्तै वृत्य अरबिन्दले अर्ध सतक बनाउनुभएको छ ।
नेपालले आज युएईलाई पराजित गर्न सके आउँदो जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ। पराजित भएमा यसै महिनाकाे अन्तिममा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने छ । नेपाल ३५ खेलमा ३८ अङ्कसहित चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तेस्रो स्थानमा छ। आजको खेल नतिजाविहीन भए नेपाल र नामिबिया दुवैको ३९–३९ अंक हुनेछ। जित प्रतिशतका आधारमा नामिबिया विश्वकप छनोट खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९, ११:५३