काठमाडाैँ । विश्वकप क्रिकेट लिग-टूको आफ्नो अन्तिम खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेका्े नेपालका आरिफ शेखले अर्ध शतक प्रहार गरेका छन् । मध्यक्रमका भरपर्दा ब्याटर आरिफले ६० बलमा २ चाैकासहित ५० रन पूरा गर्नुभभएको हो ।
यसअघि भीम सार्कीले ६७ र कुशल भुर्तेलले ५० रन बनाउँदै नेपालको जीतको आशा कायमै राख्नुभएको हो ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले आसिफ खानले आक्रामक ब्याटिङ मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । खानले नटआउट १०१ रन बनाउनुभयो । उहाँले मात्र ४१ बलमा सतक पूरा गर्नुभएको थियो । जम्मा ४२ बल खेल्दै खानले ११ छक्का र ४ चाैकासहित १०१ रनमा अविजित रहनुभयो ।
यस्तै वृत्य अरबिन्दले ९४ र कप्तान माेहम्मद वासिमले ६३ रन बनाउनुभयो ।
नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिनुभयो । १० ओभर बलिङ गर्नुभएका सन्दीपले ८० रन खर्चनुभयो । यस्तै सोमपालले ९ ओभरमा ७४, गुल्सन झाले ८ ओभरमा ६३ रन खर्चनु भयो । सबैभन्दा किफायति बलिङ गर्नुभएका दिपेन्द्रले ८ ओभरमा १९ तथा लतिलतले १० ओभरमा ३६ रन खर्चनुभयो ।
नेपालले आज युएईलाई पराजित गर्न सके आउँदो जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ। पराजित भएमा यसै महिनाकाे अन्तिममा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९, १६:५६