काठमाडाैँ । नेपाल एकदिवसीय विश्वकप क्रिकेटको विश्व छनोट खेल्ने भएको छ । लिग टूको अन्तिम खेलमा युएईलाई हराएसँगै नेपाल विश्वकपको छनोट खेल्ने भएको हो ।
३११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरको खेल सकिँदा ६ विकेट बनाएर २६९ रन बनाएको बेला खराब प्रकाशका कारण खेल स्थगित भएपछि डक वर्थ लुइस प्रणाली अनुसार नेपाल ९ रनले विजयी भएको हो । नेपालले अब आउँदो जुन महिनामा जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछ । जहाँ दक्षिण अफ्रिका, शृंखला वेस्ट इन्डिजमध्ये कुनै दुई टिमसँग नेपालले खेल्ने छ ।
नेपालले खराब सुरुवात गरे पनि आरिफ शेख, गुल्सन झा, कुशल भुर्तेल र भीम सार्कीले अर्ध शतक पूरा गर्नुभयो । भीमले सबैभन्दा धेरै ६७ रन बनाउनुभयो ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले आसिफ खानले आक्रामक ब्याटिङ मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । खानले नटआउट १०१ रन बनाउनुभयो । उहाँले मात्र ४१ बलमा सतक पूरा गर्नुभएको थियो । जम्मा ४२ बल खेल्दै खानले ११ छक्का र ४ चाैकासहित १०१ रनमा अविजित रहनुभयो । यस्तै, वृत्य अरबिन्दले ९४ र कप्तान माेहम्मद वासिमले ६३ रन बनाउनुभयो ।
नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिनुभयो । १० ओभर बलिङ गर्नुभएका सन्दीपले ८० रन खर्चनुभयो । यस्तै सोमपालले ९ ओभरमा ७४, गुल्सन झाले ८ ओभरमा ६३ रन खर्चनु भयो । सबैभन्दा किफायति बलिङ गर्नुभएका दिपेन्द्रले ८ ओभरमा १९ तथा लतिलतले १० ओभरमा ३६ रन खर्चनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९, १७:४२