काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मौन अवधि गएराति १२ बजेदेखि सुरु भएको छ ।
स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ को दफा ११ मा स्ववियु निर्वाचन आचारसंहिता उल्लेख गरिएको छ ।
मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने व्यवस्था राखिएको छ । निर्वाचन पर्सि हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले सीआईएनसँग कुरा गर्दै स्ववियु निर्वाचनलाई सहजीकरण गर्न मौनअवधि राख्ने व्यवस्था भएको बताउनुभयो ।
उहाँका अनुसार अब क्याम्पस परिसरमा भेला, सभासम्मेलन गर्न पाइने छैन ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९, ०८:४२