काठमाडौँ । समसामयिक राजनीतिक घटना र पार्टीको धारणाका बारेमा छलफल गर्न नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
भोलि बिहान साढे १० बजे नयाँ वानेश्वर स्थित सङ्घीय संसद भवनको शङ्कर हलमा बस्ने गरी बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ ।
सरकारमा पार्टीको सहभागिताका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पर्सि संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
विश्वासको मत लिए लगतै सरकार विस्तार हुने प्रधानमन्त्री प्रचण्डले बताउँदै आउनु भएको छ ।
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९, १४:२२