काठमाडौँ । त्रिविका ४८ आङ्गिक र अरु सम्बन्धन प्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज बिहान ८ बजेदेखि सुरु भएको छ ।
निर्वााचनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका त्रि.वि. स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुुपति अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार ४८ वटा क्याम्पसमा मतदान हुने टुङ्गो लागेको छ भने विवाद भएका क्याम्पसमा पनि कुरा मिलाउने प्रयास भइरहेको छ ।
त्रिभूवन विश्वविद्यालय कीर्तिपुर, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा विद्युतीय मतदान हुने पनि उहाँले जानकारी दिनुभयो ।
स्ववियु निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । करिब १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनमा १ लाख ५० हजार विद्यार्थीले मतदान गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, ०७:१९