काठमाडाैँ । नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी हुने भएको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि सहभागि हुने निर्णय गरेको छ ।
सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको र सरकारमा पनि सहभागी हुने भएकाे कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी छ।
बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९, १२:०६