काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउनुभएको छ । सोमबार भएको मतदानमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ जना सांसदले समर्थन जनाएका हुन् । २६२ सांसदले भाग लिएकाे मतदानमा ८९ सांसदले विपक्षमा मतदान गरे । यस्तै १ जना सांसद तटस्थ रहेको सभामुख देवराज घिमिरले जानकारी दिनुभयो ।
यसअघि पुस १० गते नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएसँगै पुन विश्वासको मत लिनुभएको हो ।
प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिए । यस्तै स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहले पनि विश्वासको मत दिएका छन् ।
नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९, १७:४३