काठमाडौं ।
झापाका किसानको घरमा यतिबेला मौरीको घार भेटिंदैन । मौवा, चिउरी, पैँयु, आल्चा, आलुवखडा, एैंसेलु जस्ता जंगली फुलफूल चराउन पहाड लगेका मौरी जेठ अन्तिमतिर मात्रै घर फर्काइनेछ । चितवन, कास्की, डडेल्धुरा लगायतका जिल्लाका किसानहरु पनि मौरी बोकेर जंगल छिरेका छन् ।
कालिकोट पलाता गाउँपालिकाका शंकर रोकायासँग ३० घार मौरी छ । तीन पुस्तादेखि रोकाया परिवार मौरी पाल्ने काम गरिरहेको छ । तर पाल्ने तरिका परम्परागत मात्रै भयो कि भन्ने लागेपछि उहाँ कालिकोटबाट नयाँ तरिका सिक्न ललितपुरको गोदावारी आइपुग्नु भयो । मौरी विकास केन्द्र गोदावरीमा उहाँसँग भेट भयो ।
मौरी पालनलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन नयाँ पुराना गरी गाउँपालिकाका १८ किसानलाई पलाता गाउँपालिकाले तालिमका लागि पठाएको हो ।
नेपालमा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म व्यावासायिक रुपमा ७० जिल्लामा मौरी पालन भइरहेको छ । व्यावसायिक रुपमा झन्डै १० हजार किसान मौरी पालन व्यावसायमा छन् ।
नेपालमा पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म व्यावासायिक रुपमा ७० जिल्लामा मौरी पालन भइरहेको छ । व्यावसायिक रुपमा झन्डै १० हजार किसान मौरी पालन व्यावसायमा छन् । ति किसानले ७० हजार घार एपिसमेलिफेरा र २ लाख घार एपिसेरेना जातका मौरी पालिरहेका छन् ।
नेपालमा दुई प्रजातिका मौरी पालिएको छ । विकासे मौरी, एपिसमेलिफेरा विशेषतः तराई र भित्रि मधेसका क्षेत्रमा पाल्ने गरिन्छ । रैथाने जातको मौरी, एपिसेरेना हिमाली क्षेत्र, मध्यपहाड र तराईका खोंचहरुमा पाल्ने गरिन्छ । एपिसेरेना हिमालय सबैभन्दा धेरै पालिएको छ ।
मौरी विकास केन्द्र गोदावरीका प्रमुख वरिष्ठ मौरी विज्ञ तीर्थ कुमार श्रेष्ठ मौरी पालनका लागि सबैभन्दा पहिला त्यो क्षेत्र विषादी मुक्त क्षेत्र छ कि छैन भन्ने विषयमा ख्याल गर्नुपर्ने बताउनुहुन्छ ।
श्रेष्ठले भन्नुभयो, ‘विषादी र मौरी नमिल्ने विधा हो । जहाँ विषादीको प्रयोग हुन्छ, त्यहाँ मौरी पालन गर्न सकिंदैन ।’ त्यो सँगै मौरीको चरनको अवस्थाका विषयमा पनि किसानले उत्तिकै ख्याल गर्नुपर्ने श्रेष्ठ बताउनुहुन्छ ।
श्रेष्ठले अगाडी भन्नुभयो, ‘जंगलमा हुने विभिन्न बोटविरुवा हुनसक्छ, हामीले खेती गर्ने विभिन्न तोरीको कुरा होला, फापर, सुर्यमुखी,....यस्ता बोटविरुवा हामीले कत्तिको लगाउँछौं खेतबारीमा ।’
मौरी पालनका लागि थोरै लगानीबाट पनि व्यावसाय सुरु गर्न सकिन्छ । धेरै लगानी गरेर ठूलो मात्रामा पनि सजिलै व्यवसाय सञ्चालन गर्न सकिन्छ । अर्थात् यो साना ठूला दुबै पूँजी भएका व्यक्तिले गर्न सक्ने व्यवसाय हो ।
मौरी पालनका लागि थोरै लगानीबाट पनि व्यावसाय सुरु गर्न सकिन्छ । धेरै लगानी गरेर ठूलो मात्रामा पनि सजिलै व्यवसाय सञ्चालन गर्न सकिन्छ । अर्थात् यो साना ठूला दुबै पूँजी भएका व्यक्तिले गर्न सक्ने व्यवसाय हो ।
मौरीविज्ञ धनबहादुर रावतका अनुसार मौरीपालनबाट महमात्रै होइन, आम्दानीका अरु धेरै बाटा छन् ।
रावतले भन्नुभयो, ‘चितवन, दाङ, झापा मोरङतिर धेरै मह विक्रि गरिहनुभएको छ । खेर गइरहेको मैनबाट मौरीकै लागि चाहिने आधार चाका बनाउन सकिन्छ, जुन एक किलोको १२ देखि १४ १५ सय पर्छ । विभिन्न श्रृंगारका सामानहरु, साबुन, छाला चाउरी नपर्ने विभिन्न मलमहरु, सेम्पुहरु बनाएर पनि प्रयोग गरिराखेका छन् ।’
नेपाली वनका प्राकृतिक फलफूल, जडीबुटी एवम् अन्य स्रोतबाट हरेक वर्ष २ करोड ५० लाख किलो मह उत्पादन गर्न सकिन्छ । उत्पादन भने बढीमा ३६ लाख किलोसम्ममात्रै भइरहेको छ ।
वरिष्ठ मौरी विज्ञ श्रेष्ठले भन्नुभयो, ‘भदौदेखि मंसिरको दोश्रो हप्तासम्म त्यो बीचमा मौरीलाई उपयुक्त सिजन हो । अनि फागुन लागेपछि असारसम्म अर्को उपयुक्त सिजन हो, मौरीको लागि । विकासे मौरी एपिसमेलिफेराबाट महको उत्पादन बढी हुन्छ, सेरेना जातको मौरीबाट पनि हामीले २५ देखि ३० किलोसम्म मह काढ्न सक्छौं । त्यो महका लागि हजार रुपैयाँचाहि घरमै दिन आउँछन्, किलोको ।’
नेपाली वनका प्राकृतिक फलफूल, जडीबुटी एवम् अन्य स्रोतबाट हरेक वर्ष २ करोड ५० लाख किलो मह उत्पादन गर्न सकिन्छ । उत्पादन भने बढीमा ३६ लाख किलोसम्ममात्रै भइरहेको छ ।
नेपालमा उत्पादित महको लागि बजारको समस्या नरहेको श्रेष्ठ बताउनुहुन्छ । नेपालको सबै क्षेत्र मौरी पालनका लागि उपयुक्त क्षेत्र मानिएको छ । एक घारमा, एपिसेरेना जातको मौरी २५ देखि ३० हजार र मेलिफेरा ५५ देखि ६० हजारको संख्यामा हुन्छ । मौरी चरन क्षेत्रमा बालीको उत्पादन बढ्ने र त्यो बालीको गुणस्तर पनि बढ्ने विज्ञहरु बताउँछन् ।
अन्य देशमा जसको जमिनमा मौरी चरनका लागि लगिन्छ ति जग्गा धनीले किसानलाई केही रकम तिर्ने गर्छन् तर नेपालमा ठ्याक्कै उल्टो, मौरी चरनका लागि लैजाँदा व्यवसायिले नै जग्गा धनीलाई पैसा तिर्नुपर्ने हुन्छ ।
सरकारले गुणस्तरीय रानी उत्पादनका लागि २१ दिनको तालिम, स्रोत केन्द्र स्थापनाका लागि मौरी घार निर्माण गर्न १५ दिनको तालिम, नयाँ प्रविधि र मौरी पालनलाई व्यावसायिक बनाउन ७ दिनको तालिम दिने गरेको छ ।
तर यो कार्यक्रमको नियमितता भने हुन सकेको छैन । किसानको समस्यालाई स्थलगत रुपमै अनुगमन गरी समाधानका लागि पहल समेत गर्ने गरेको मौरी विकास केन्द्रको भनाइ छ ।
मौरी, व्यावसाय र आम्दानीका हिसाबले मात्रै होइन, पृथ्वीमा मानव जीवनको लागि आवश्यक किरा हो । खानाको खोजीमा प्रत्येक दिन १० किलोमिटरसम्म यात्रा गर्ने मौरीले मानिसलाई मेहनतको पाठपनि सिकाइरहेको हुन्छ ।
सरकारले गुणस्तरीय रानी उत्पादनका लागि २१ दिनको तालिम, स्रोत केन्द्र स्थापनाका लागि मौरी घार निर्माण गर्न १५ दिनको तालिम, नयाँ प्रविधि र मौरी पालनलाई व्यावसायिक बनाउन ७ दिनको तालिम दिने गरेको छ ।
अत्यन्तै अनुशासित, परिश्रमी र नीति पालना गर्ने मौरीबारे नेपालमा अहिलेसम्म नीति भने बनेको छैन । लगानी डुब्दै नडुब्ने क्षेत्र मौरीपालन व्यवसाय हो । तर, किसानलाई अनुदान, व्यवसाय विस्तार जस्ता नीतिगत अस्पष्टताका कारण ठूलो लगानी भने हुन सकेको छैन ।
मुलुकभर करिब ९ लाख युवा बेरोजगार छन् । झन्डै ५ देखि ६ लाख युवा रोजगारी नपाएरै विदेश जान बाध्य छन् । तर नेपालमा राम्रो सम्भावना बोकेको मौरी व्यवसायका लागि व्यावसायिक सोच बोकेका युवाहरुको खाँचो देखिएको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६, १४:०२