काठमाडौँ । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको उपचारको क्रममा निधन भएको छ ।
उहाँका आफन्त नरोत्तम वैद्यका अनुसार ताम्राकारको ८६ वर्षको उमेरमा काठमाडौँको न्यूरो अस्पतालमा गएराति करिब १० बजे निधन भएको हो ।
पछिल्लो समयमा कृष्णा ताम्राकार क्यान्सरबाट प्रभावित हुनुहुन्थ्यो । २०१८ साल जेठ २४ गते रेडियो नेपालमा आवद्ध उहाँले २०४९ सालमा रेडियो नेपाल छोड्नु भएको थियो ।
सुरुमा हिन्दी भाषामा समाचार पढ्न छनोट भए पनि पछि ताम्राकारले नेपाली भाषामा समाचार उत्पादन तथा वाचनका साथै कार्यक्रम पनि चलाउनु भएको थियो ।
रेडियो नेपाल छोडेपछि पनि विभिन्न रेडियोमा काम गर्नु भएका उहाँ विशेष गरी नेपाली भाषामा शुद्ध उच्चारण गर्ने रेडियोकर्मीको परिचय बनाउनु भएको थियो ।
केही दिनअघि एक कार्यक्रममा सम्मानित भएपछि ताम्राकारले नेपाली भाषाको संरक्षणका लागि आफूले सकेजतिको योगदान दिएको अनुभव सुनाउनु भएको थियो ।
ताम्राकारले कोरोनाको समयमा प्रभावित र जोखिममा परेका नागरिकलाई सन्देश िदने शृङ्खला "कोरोना क्याप्सुल" पनि सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९, ०९:२४