काठमाडौँ । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बोलाइएको छ ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सङ्घीय संसद सचिवालयलका अनुसार कानुन मन्त्रीसमेत रहनु भएका प्रधानमन्त्रीले नै ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
नेपाली काँंग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
यसैबीच दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा सांसद बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, ०९:१५