काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न तोकिएको समय आज सकिँदैछ ।
निर्वाचन आयोगका अनुसार नेपालको संविधानको धारा २ सय ७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्दछ ।
दल दर्ताको समय यही चैत ८ गतेदेखि आजसम्मका लागि निर्धारण गरिएको थियो ।
उपनिर्वाचनका लागि चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
चितवन क्षेत्रनम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुनेछ ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, ०९:२०