काठमाडौँ । सङ्घबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई स्थानीय तहले हाजिर गर्न नदिएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर गराउन आग्रह गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएर जानकारी पठाउन परिपत्र गरेको छ । मन्त्रालयले कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गर्दै सङ्घबाट खटिएका प्रमुख प्रशासकीय अधिकृतबाट मात्र नगरपालिका वा गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन भनेको छ ।
स्रोतका अनुसार २ दर्जनभन्दा धेरै स्थानीय तहले सङ्घबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर गर्न नदिने जानकारी गराएका छन् । मन्त्री अमनलाल मोदीले आफू आएपछि करिब ५० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९, १०:२९