काठमाडौँ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबलमा नेपालले भुटानसँग बराबरी खेलेको छ । दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा नेपाल भुटानसँग १-१ को बराबरीमा रोकिएको हो । बराबरीसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ । फाइनलमा नेपालले लाओससँग खेल्नेछ ।
खेलको १८ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गरेको गोलमा भुटानले अग्रता लिएको खेलको ८९ औँ मिनेटमा नेपालका दिपकराजसिंह ठकुरीले गोल गर्दै बराबरी गर्नुभएको हो । प्रतियोगितामा नेपालले यसअघि लाओसलाई हराएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, १९:५४