काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बारा निर्वाचन क्षेत्र २ बाट निर्वाचन संयोजक तोकिएका नेता गणेश कार्कीले पदबाट राजीनामा दिनुभएको छ ।
व्यक्तिगत र स्वास्थ्यको कारणले उक्त जिम्मेवारी निर्वाह गर्न नसक्ने भएकाले राजीनामा दिएको कार्कीले विज्ञप्ति निकालेर जनाउनुभएको छ । उहाँले विश्वास गरी जिम्मेवारी दिएकोमा पार्टी र अध्यक्ष रवि लामिछानेलाई धन्यवाद दिँदै पदमा नरहे पनि निर्वाचनमा सकेसम्म सहयोग गर्ने उल्लेख गर्नुभएको छ । कार्की राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
बैठकमा सहभागी रास्वपाका एक नेताका अनुसार जिम्मेवारी दिने बेलामा नै कार्कीले आफू सम्बन्धित निर्वाचन क्षेत्रको नभएको र स्थानीय नेतालाई यो जिम्मेवारी दिनुपर्ने माग गरे पनि पार्टीले कार्कीलाई नै जिम्मेवारी दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९, १४:२०