काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ ।
साँझसम्ममा मन्त्रीहरूको शपथ गराउने गरी सरकारलाई विश्वासको मत दिएका दलहरूसँग प्रधानमन्त्री अनौपचारिक छलफलमा रहेको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमनत्रीले दलहरूलाई मन्त्रीको नाम दिन हिजो नै भनिसक्नु भएको छ ।
आज बिहान शीर्ष नेताहरूको बैठकपछि मन्त्री र मन्त्रालयको बारेमा अन्तिम निर्णय लिने तयारी प्रधानमन्त्रीको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी गरी १० दलले सरकारको न्यूनतम साझा कार्यक्रम पनि तयार भएको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९, ०९:५१