काठमाडौँ । रसुवागढी-केरुङ नाका आजबाट पूर्ण रुपमा खुला भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाल-चीन सीमा व्यापार संयन्त्रको ल्हासामा गत मार्च २९ मा भएको सहमति अनुसार आजबाट रसुवागढी-केरूङ् नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
आज भएको एक औपचारिक कार्यक्रममा मन्त्रालयका सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गर्नुभएको हो ।
चीनले तीन वर्षपछि मानव आवागमन खुला गरेको हो ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९, १४:१३