काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगल भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । घिमिरेले २ करोड १४ लाख रुपैयाँ भन्दा बढि गैरकानूनी सम्पत्ति आर्जन गरेको छनिबनबाट खुलेकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
घिमिरेको ७ करोड ३९ लाख रुपैयाँको सम्पत्ति मध्ये ५ करोड २५ लाख रुपैयाँको मात्र स्रोत खुलेकाले २ करोड १४ लाख ४६ हजार ६ सय ५२ रुपैयाँ २४ रुपैयाँ गैरकानुनी आर्जन गरेको पाइएकाले मुद्दा दायर गरिएको हाे ।
घिमिरे चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत रुपमा अर्थ मन्त्रायल प्रवेश गरि बजेटमा करका दर हेरफेर गरेको आरोप लागेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९, १७:१०