काठमाडौँ । सरकारले एक सय दिनमा गरेको कामको विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा गरेका महत्त्वपूर्ण काम र हासिल भएका उपलब्धिको ३७ बुँदे विवरण सोमबार सार्वजनिक गरेको हो ।
नयाँ सरकार आएपछि देशको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाको सम्बोधन, सामाजिक न्यायको प्रवद्र्धन र राष्ट्रिय हितको अभिवृद्धि गर्ने गरि काम अघि बढाएको प्रधानमन्त्री कार्यालयले दाबी गरेको छ ।
सरकारले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, सार्वजनिक सेवामा नागरिकको सरल र सहज पहुँच तथा समग्र शासकीय सुधारका दिशामा महत्त्वपूर्ण पाइलाहरू चालेको दाबी गरेको छ । गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गतेबाट पदबहाली गर्नुभएको थियो ।
नेपाल सरकारका १०० दिनमा भएका प्रमुख उपलब्धिहरू
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९, १८:२४