काठमाडौँ । मिटरब्याज पीडितको अर्को टोली न्याय माग्दै काठमाडौँ आइपुगेको छ ।
विभिन्न जिल्लाबाट आएका पीडितले माइतीघर र सिंहदरवार क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् ।
यसअघि मिटरब्याजबाट मुक्ति खोज्दै महोत्तरीको बर्दीवासबाट ११ दिन पैदल हिँडेर ७३ जनाको टोली काठमाडौँ आएको थियो ।
सरकारले उनीहरूसँग वार्ता गरेर ५ बुँदे सहमति गरेको थियो । उक्त सम्झौताले मात्रै आफूहरूको समस्या समाधान नहुने भन्दै पीडितहरूको अर्को समूह काठमाडौँ आएको हो ।
उनीहरूले मिटरब्याज साहूले अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका माग राखेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९, ०९:५०