काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन सरेको छ ।
निर्धारित समयमा विधान अधिवेशन गर्न तयारी पूरा नभएको र सोही समयमा प्रतिनिधि सभाको उपनिर्वाचन परेका कारण अधिवेशन सारिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी जेठ १ देखि ३ गतेसम्म काठमाण्डौँमा विधान अधिवेशन गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९, १४:०२