यसबारेमा सरकारको जवाफ माग गर्दै खाँडले स्वतन्त्रपुर्वक आफ्ना विचार राख्न पाउने र आन्दोलन गर्न पाउने नागरिकको हकलाइ सरकारले दबाउन खाजेको आरोप लगाउनुभयो ।
काठमाण्डौं । सरकारले तयार पारेको गुठी विधेयकलाइ लिएर संसदमा तनाब भएको छ । आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले उठेर बिरोध गरे । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले गुठी विधेयकविरुद्ध आन्दोलित गुठीयारहरुमाथि सरकारले दमन गरेको भन्दै बिरोध गर्नुभयो ।
यसबारेमा सरकारको जवाफ माग गर्दै खाँडले स्वतन्त्रपुर्वक आफ्ना विचार राख्न पाउने र आन्दोलन गर्न पाउने नागरिकको हकलाइ सरकारले दबाउन खाजेको आरोप लगाउनुभयो । यसबारेमा सरकारको जवाफ माग गर्दै काँग्रेस सांसदले संसद अबरुद्ध गरिरहेको अवस्थामा सभामुखले नेकपाका सांसद पम्फा भूसाललाइ बोल्न समय दिएपछि काँग्रेस सांसदले हो हल्ला गरे । काँग्रेसको अबरोधकै बीचमा भूसालले पनि गुठीयारहरुको आन्दोलनमा सरकारले गरेको दमनको बिरोध गर्दै सरकारसंग जवाफ माग गर्नुभयो ।
तर काँग्रेस सांसदहरुले भने सदन अबरुद्ध भइरहेको समयमा अर्को सांसदलाइ बोल्न दिनु गलत भएको भन्दै थप बिरोध गरे । सदनमा यसबारे कुरा उठेपछि भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले जवाफ दिनुभएको छ । संसदमा उठेको बिषयमा जवाफ दिदै मन्त्री अर्यालले अनियन्त्रित भिड नियन्त्रणमा लिन पानीको फोहारा प्रहार गरेको स्वीकार गर्नुभयो । निषेधित क्षेत्रमा प्रवेश गरेपछि केहीलाइ प्रक्राउ गरेको पनि मन्त्री अर्यालले बताउनुभयो ।
सबै गुठीलाइ एकरुपतामा ल्याउन गुठी प्राधिकरणमा लान लागिएको बताउदै मन्त्री अर्यालले हिजोको गुठी बिधेयक र आजको गुठी बिधेकमा तात्विक भिन्नता नरहेकाले मसिनो ढंगले अध्ययन गरिदिन आग्रह गर्नुभयो । हिजोको मूल्य, मान्यता, धर्म, सस्कृतीमा प्रहार हुने गरि बिधेययक नआएको दाबी गर्दै मन्त्री अर्याले यसलाइ पुनः छलफलका माध्यमबाट टुङ्ग्याउन सकिने बताउनुभयो ।
मन्त्री अर्यालले जवाफ दिएपछि पनि काँग्रेस सांसदहरुले गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै संसद अवरुद्ध पारेपछि सभामुखले बैठक भोलि सम्मको लागि स्थगित गर्नुभएको छ । गुठीका जग्गा वा सम्पतिहरुमा अनियमितता भएको भन्दै उजुरी पर्नेक्रम बढेपछि सरकारले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संसोधन गर्न बनेको बिधेयक २०७५ संसदमा पेश गरेको छ । विधेयकमा राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उल्लेख छ । यसमा गुठीयारहरुको बिरोध छ ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६, १२:५४