काठमाडौँ । नेपालमा हरेक वर्ष मृत्यु हुने मानिसमध्ये ६६ प्रतिशतको मृत्युको कारण नसर्ने रोग रहेको पाइएको छ ।
त्यसमा पनि क्यान्सर, मिर्गौला, मुटुरोग, मधुमेह र फोक्सोसम्बन्धी रोगका कारण बढी मानिसको मृत्यु हुनेगरेको अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बनिबनाउ खानेकुराको प्रयोग, धुम्रपान र मद्यपानको सेवन, व्यायामको कमीजस्ता कारणले प्राणघातक रोगको जोखिम बढेको छ ।
बदलिँदो खानपान र जीवनशैली तथा वातावरण प्रदूषणका कारण पनि यस्ता रोगहरू बढेको रहेको डा. पुकारचन्द्र श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।
सरकारले मुटु, क्यान्सर, मधुमेह वा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगहरुबाट अल्पायुमै हुने मृत्युदरमा सन् २०२५ सम्ममा २५ र २०३० सम्ममा ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९, १०:५३