काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे छानबिन गर्ने भएको छ ।
सांसद श्रेष्ठले ब्यापारी दुर्गा प्रसाईँसँग साढे २ करोड रूपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि आइतबार रास्वपाका महासचिव मुकुल ढकालले विज्ञप्ति निकालेर अडियोप्रति ध्यानाकर्षण भएको जनाउँदै यसबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचारण समितिलाई निर्देशन दिएको जनाउनुभएको हो ।
श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ । आइतबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।यस्तै केन्द्रीय अनुशासन तथा आचारण समितिले सो अडियो प्रकरणबारे २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिएको रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९, १६:३८