काठमाडौं । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गएको वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गरेको थियो ।
डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आइ परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठसम्ममा सकिने र नेपाली समयानुसार असार २ गतेकै दिन भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि संकाय प्रमुख रवीन्द्रप्रसाद ढकालले सीआइएनलाइ जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसको तयारी पुरा भइसकेको छ । सरकारले नेपालमा सन् २०१७ देखि नेपाली स्याट–१ भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभास मास्केका अनुसार नेपालीस्याट-१ न्यानो स्याटलाइट हो। अर्थात् यो निकै सानो आकारको भू-उपग्रह हो र यसको तौलको झन्डै एक किलो छ।
भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ। यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ।
सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो। मंगलबारदेखि विज्ञान सडक मेला हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलो पटक नेपालमा संयुक्त रूपमा दुई दिने ‘विज्ञान सडक मेला-२०१९’ आयोजना गर्ने भएका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६, ०६:५२