काठमाडाैँ । सगरमाथा आरोहणका क्रममा हराएका तीन जनाको अवस्था अझै थाहा हुन सकेको छैन । आरोहणको क्रममा आज बिहान ९ बजेतिरदेखि हराइरहेका दा छिरी शेर्पा, लाक्पा रिता शेर्पा र पेमा तेन्जीङ शेर्पाको अवस्था अहिलेसम्म थाहा हुन नसकेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले सीआईएनसँग बताउनुभयो ।
हेलिकोप्टरको सहयोगमा स्थानीयले खोजी गरिरहे पनि अझै अवस्था थाहा हुन नसकेको उहाँको भनाइ छ । खुम्बु पासाङलाह्मु गाउँपालिकाका नागरिक रहेका तीनै जना आरोहणका लागि बाटो पहिल्याउने र डोरी टाङ्ने काममा संलग्न रहेको उहाँले बताउनुभयो । घटनास्थल सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट एक दिनको पैदल दुरीमा पर्छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९, १६:४५