काठमाडाैँ । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनकाले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै ध्यानाकर्षण गराएका छन् ।
बिहीवार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर दुबै संस्थाका पदाधिकारीले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अबिलम्ब थाल्न ध्यानाकर्षण गराएका हुन् ।
भेटेपछि सञ्चारकर्मीसँग नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिको प्रकृया सुरु गर्न ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि पहल गरिरहेको र चाँडै निस्कर्षमा पुग्ने बताएको पनि अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
प्रधानन्यायाधीश नियुक्ति नहुँदा करिब १४ महिनादेखि सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशकै भरमा छ । नेपाल बार एशोसिएसनले बुधबार १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन सुरू गर्ने गर्ने घोषणा गरेकाे थियो ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९, १०:१७