काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । प्रत्यासी उमेशलाल श्रेष्ठले समर्थन गरे पछि अञ्जन निर्विरोध निर्वाचित हुनुभएको हो ।
पहिलो चरणको निर्वाचनमा तीनैजना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।
पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७ दशमलव ९९ उमेशले ३१ दशमलव ७१ र रामचन्द्र संघाइले ३० दशमलव ४६ प्रतिशत मत पाउनुभएको थियो । बढी मत पाएका दुईजनाबिच पुन: मतदान गर्ने तयारी हुँदै गर्दा उम्मेदवारबिच सहमति भएको हो । वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।
एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनुभएको छ ।
यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल अबको अध्यक्ष बन्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९, १७:३८