काठमाडाैँ । नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आइतबार अपराह्न शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रि साउदलाई शपथ ग्रहण गराउनुभएको हो ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।
शपथग्रहण कार्यक्रमपछि उनले पद बहाली गर्नुभएको छ ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बन्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०, १६:१५