सिन्धुपाल्चोक । तातोपानी नाका अबको दुई हप्ताभित्र पूर्ण रुपमा खोल्ने तयारी भएको छ ।
हिजो नेपाल र चीनका सरकारी अधिकारीले तातोपानी नाका आउँदो १८ गतेबाट पूर्ण रुपमा खोल्ने विषयमा छलफल गरेका छन् ।
सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सीमा सुरक्षा सम्बन्धी काउन्टर भाग बैठक बसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल–चीनको सीमामा नेपाल र चीनका सरकारी अधिकारीबीच भएको छलफलमा बैशाख १८ गतेबाट नाका सुचारु गर्र्नेे, सीमा सुरक्षा, तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयमा छलफल भएको थियो ।
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच छलफल भएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०, ०९:३८