काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । पाैडेलको अल इण्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार हुने उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।
नेपालको त्रिवि शिक्षण अस्पतालका चिकित्सक र एम्स अस्पतालको चिकित्सकका बीच परामर्श हुँंदा उहाँलाई उपचारका लागि एम्समै लैजान उपयुक्त हुने राय आएकाले भारत पठाइएको चिकित्सकहरूलाई उद्धृत गर्दै संयोजक कार्कीले जानकारी दिनुभयो । केही दिन अघि देखि छाती दुखेपछि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराउँदा सञ्चो नभएकाले थप उपचारका लागि भारत लगिएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०, ११:००