काठमाडाैँ । नेपालको व्यापार घाटा घटेको छ । गएको साउनदेखि चैत मसान्तसम्मको ब्यापार घाटा गत वर्षको तुलनामा २ खर्ब २३ अर्बले घटेको भन्सार विभागले जनाएको हो ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको साउनदेखि चैतसम्म देशको जम्मा व्यापार घाटा १० खर्ब ८३ अर्ब रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ थियो । यसपटक आयात १८ प्रतिशतले घटेकाले व्यापार घाटा घटेको विभागले जनाएको छ । गत आर्थिक वर्षको साउनदेखि चैतसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा यसपटक १२ खर्ब १ अर्ब रुपैयाँको मात्रै आयात भएको भन्सार विभागका पूण्यविक्रम खड्काले सीआईएनसँग बताउनुभयो ।
त्यस्तै यो ९ महिनामा निर्यात पनि २६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको साउनदेखि चैतसम्म १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु निर्यात भएकोमा गएको साउनदेखि चैतमसान्तसम्म १ खर्ब १८ अर्बको मात्रै निर्यात भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०, १९:४९