सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसका तर्फबाट तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् ।
मुख्य मन्त्री राजकुमार शर्माले नेपाली काँग्रेसका सांसदहरू वेदराज सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्री, खड्गराज पोखरेललाई सामाजिक विकास मन्त्री र कृष्णकुमार बीसीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख तिलक परियारले बिहीबार तीनै जना मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको छ ।
भौतिक पूर्वाधार राज्यमन्त्री रहनुभएका माओवादीका उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको शपथ लिनुभएको छ । बुधवार दिउँसो ३ बजे मन्त्रीको शपथ गर्ने समय तोकिए पनि काँग्रेसको आन्तरिक विवादका कारण शपथ हुन सकेको थिएन । कर्णाली प्रदेशमा आठ वटै मन्त्रालय कायम गरिएको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले ७ मन्त्रालय कायम गर्ने निर्णय खारेज गर्दै ८ वटै कायम राखेको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०, १४:४८