काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा भएको प्रतिनिधि सभाको उपनिर्वाचनको हालसम्मको नजिताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ ।
पछिल्लो विवरणअनुसार वाग्लेले ७ हजार ६ सय २५ मत पाएर अग्रता लिनु भएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार गोबिन्द भट्टराईले ३ हजार ४ सय ७१ मतका साथ वाग्लेलाई पछ्याइरहनु भएको छ भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार २ सय १९ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।
राप्रपाका उम्मेदवार शोभा गुरुङले २५ मत पाउनुभएको छ ।
बारा क्षेत्रनम्बर २ को मतगणना सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सीआईएनसँग बताउनुभयो ।
चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु गर्ने बारेमा निर्णय गर्न सर्वदलीय बैठक बस्दैछ ।
तीनवटै जिल्लाको उपनिर्वाचनको मतगणनाको अन्तिम परिणाम भोलिसम्ममा आउने गरी गणना गर्न भनिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०, ०८:५१