काठमाडाैँ । काठमाडाैँबाट दुबईका लागि उड्नासाथ प्राविधिक समस्या देखिएको फ्लाइ दुबईको विमान गन्तब्यतिरै अघि बढेको छ । सुरूमा काठमाडाैँमै आकस्मिक अवतरण गराउने भनिएको र पछि दिल्लीमा अवतरण गर्ने ठानिएको विमान दुबईतर्फै अघि बढेको हो । नागरिक उड्ययन प्राधिकरणले विमान सामान्य अवस्थामै रहेको र दुबईतर्फ लागेको जनाएको हो ।
विमान उडेको केहीबेरमै आकाशमै विमानमा आगो लागेको देखिएको थियो । के कारणले आगो लागेको हो भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०