काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । चितवन २ मा आइतबार भएको निर्वाचनबाट उहाँ ५४ हजार १७६ मत सहित विजयी हुनुभएको हो ।
गत मंसिर ४ गत ेभएको निर्वाचनमा चितवन २ बाटै विजयी लामिछानेको नागरिकता तत्काल कायम नभएको सर्वोच्च अदातले फैसला गरेपछि भएको उपनिर्वाचनमा पनि उहाँ फराकिलो मतान्तरसहित विजयी हुनुभएको हो । मंसिर ४ को निर्वाचनमा लामिछानेले यहि क्षेत्रबाट ४९ हजार ३०० मत प्राप्त गर्नुभएको थियो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाउनुभयो । यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३६ मत पाएका पाउनुभयो ।
उहाँले निर्वाचन कार्यालयबाट प्रमाणपत्र प्रदान गरेको छ । भरतपुरमा आयोजित धन्यवाद सभामा उहाँले अबको ५ वर्षमा केन्द्रमा बहुमतको सरकार बनाउने गरी अब संगठन विस्तार गर्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०, १५:५२