सन्देश सुब्बा, सुम्हालुङ एफएम
पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरमा चरन क्षेत्रको अभावले भेंडीगोठ संकटमा परेको छ । केही वर्षयता लेकका खर्कभरी चरिरहेका भेंडाका बथान देख्न मुस्किल पर्न थालेको छ ।
१५ वर्ष अघिसम्म पाँचथरको उत्तरपूर्वी क्षेत्रमा एक दर्जन भेंडीगोठ थिए । एउटा गोठमा कम्तिमा पनि दुई सयभन्दा बढी भेंडा हुन्थे । खर्कभरी रमाउँदै चरिरहेका भेंडाका बथानको दृश्यले जो–कोहीलाई पनि रोमाञ्चित पाथ्र्यो । तर अहिले भेंडीगोठको सङ्ख्या घटेर तीन वटामा पुगेको छ । ३५ बर्षपछि गतबर्ष गोठ बेचेर अरु नै पेशामा लाग्नुभएका पाँचथर याङवरक–१, च्याङथापुका गर्जमान गुरुङ सरकारले सहयोग नगरेकाले विस्थापित हुनपरेको गुनासो गर्नुहुन्छ ।
१५ वर्ष अघिसम्म पाँचथरको उत्तरपूर्वी क्षेत्रमा एक दर्जन भेंडीगोठ थिए । एउटा गोठमा कम्तिमा पनि दुई सयभन्दा बढी भेंडा हुन्थे । खर्कभरी रमाउँदै चरिरहेका भेंडाका बथानको दृश्यले जो–कोहीलाई पनि रोमाञ्चित पाथ्र्यो । तर अहिले भेंडीगोठको सङ्ख्या घटेर तीन वटामा पुगेको छ ।
पाँचदेखि दश दिनको फरकमा भेंडाहरुलाई एक चोकदेखि अर्को चोकमा सारिरहनु पर्छ । त्यसैले भेंडाका लागि ठूलो चरिचरन क्षेत्रको आवश्यकता पर्छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतपट्टी कडाइ गरिंदा र तल्लो क्षेत्रका खर्कमा वृक्षारोपण गरिंदा चरन क्षेत्र साँघुरिदै गएको छ । जसले भेंडीगोठको अस्तित्व नै संकटमा पारेको फालेलुङ–४, गुरुङटारका क्यादरलाल गुरुङको अनुभव छ ।
पाठा–पाठी, ऊन र घिउ भेंडा पालकको मूख्य आम्दानिको स्रोत हो । भेंडाको ऊनबाट राडिपाखी बनाइन्छ भने घिउलाई औषधीको रुपमा प्रयोग गरिन्छ । तर अहिले राडिपाखी कम बन्ने हुनाले ऊनको बिक्री पनि राम्रो नभएको भेंडालापक बताउछन् । राज्यस्तरबाट खर्क, औषधी उपचार, गोठ र ऊनको बजार व्यवस्थापनमा सहयोग भए भेंडीगोठ संरक्षण गर्न सकिने भेंडीगोठ सञ्चालक दीपेन्द्र आङबो बताउनुहुन्छ ।
जिल्लाको फालेलुङ र याङवरक गाउँपालिका भेंडीगोठको सभवना भएका क्षेत्र हुन् । भेंडीगोठ संरक्षणका लागि फालेलुङ गाउँपालिका पनि छलफलमा लागि सकेको अध्यक्ष सञ्चकुमार केरुङले बताउनुभयो
।
पाँचथरमा मात्र होइन छिमेकी जिल्ला ताप्लेजुङ र इलाममा पनि भेंडीगोठ मासिने अवस्थामा पुगेका छन् । पर्यटन प्रबद्र्धनमा समेत महत्व राख्ने भेंडीगोठ व्यवसायलाई मासिन नदिन सरकारले भेंडीगोठ संरक्षणका कार्यक्रम ल्याउनुपर्ने भेंडापालक किसानहरु बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५, १४:१६