काठमाडौँ । एसीसी प्रिमियर कप क्रियकेटको फाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ ।
आज त्रिवि खेलमैदान कीर्तिपुरमा कुवेतसँगको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको हो ।
समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अङ्क बटुलेका कारण फाइनलको यात्रा निश्चित गरेको हो ।
कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अङ्क बनाएर उपविजेतामा सीमित भयो ।
आजै मुलपानीमा भएको अर्को सेमिफाइनल खेल पनि वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस प्रणालीमा अगाडि रहँदै यूएई फाइनलमा पुगेको हो ।
पर्सि हुने फाइनल खेलमा यूएईलाई हराए नेपाल एसिया कपका लागि छनोट हुनेछ ।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०