काठमाडाैँ । लुम्बिनी प्रदेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। यसका लागि मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरिएको प्रदेस सभा कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री चौधरीले प्रदेशसभा सचिवालयमा आइतबार बिहान १० बजे पत्र दर्ता गराएको र मंगलबार विश्वासको मत लिने तयारी रहेको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताउनुभयो ।
बिहीबार लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त चौधरीले तीन मन्त्रीसहित शुक्रबार शपथ लिनुभएको थियो । विश्वासको मत लिएपछि मन्त्री थप र जिम्मेवारी बाँडफाँट गर्ने तयारी गर्नुभएको छ ।
मुख्यमन्त्री चौधरी कांग्रेससहितका ८ दल र १ जना स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०, १६:२५