काठमाडाैँ । सङ्घीय सरकारका नव नियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुद मन्त्रीको शपथ ग्रहण गराउनुभएको हो । तीनै जना नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवौँ पटक मन्त्रीपरिषद् विस्तार गरे पनि अझै वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालय मन्त्री विहीन छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०, १६:०३