काठमाडौँ । सङ्खुवासभाको भोटखोला–४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अहिलेसम्म मानवीय क्षतिका बारेमा जानकारी नआएको बताउँदै उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार हेलिकप्टरमा कोको व्यक्ति सवार थिए भन्ने खुलेको छैन ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०, १४:१९