काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत भएको भन्दै प्रमाणिकरण नगरेको नागरिकता विधेयक कसरी अघि बढाउने भन्ने बारेमा सरकारमा रहेका राजनीतिक दलका नेताहरूले आज संविधानविद्सँग परामर्श लिएका छन् ।
छलफमा कानुन व्यवसायी पनि सहभागी थिए ।
संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधयेक पूर्वराष्ट्रपति भण्डारीले २०७९ साउन २९ मा सन्देशसहित प्रतिनिधिस भामा फिर्ता पठाउनु भएको थियो ।
त्यसपछि उक्त विधेयक फेरि दुबै संसदले हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिससमक्ष पठाएको थियो ।
त्यसपछि उक्त विधेयक १५ दिन भित्र प्रमाणीकरण भएन ।
आजको बैठकमा दलहरूलाई नागरिकता विधेयक फेरि सदनमा पठाउन आवश्यक नभएको र राष्ट्रपतिले प्रमाणिकरण गर्न सक्ने सुझाव दिएको संविधान डा चन्द्रकान्त ज्ञवालीले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०, २०:२४