काठमाडौँ । यातायात व्यवस्था विभागले मेकानिकल पार्टस्को मूल्य, सवारीसाधनको मूल्य, श्रमको दर, इन्धनमा बढेको मूल्य लगायतका आधारमा भाडादर बढाएको जनाएको छ ।
भाडादर समायोजन गर्ने विषयमा विभागले हिजो बुधबार काठमाडौँद्य महानगरपालिकासँग छलफल गरेको थियो । आज यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागका निर्देशक तिर्थराज खनालले सीआईएनसँग बताउनुभयो ।
यद्यपी राष्ट्रिय यातायात व्यवसायी महासङ्घले भाडा बढाउने बारेमा आफूहरूसँग छलफल नगरेको दावी गरेको छ । दसैँअघि पनि सरकारले सार्वजनिक सवारीसाधनको भाडा १० प्रतिशत बढाएको थियो । अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटरसम्मको १६ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।
यसअघि १४ रुपैयाँ थियो । २०६९ पछि विभागले पहिलो पटक वैज्ञानिक भाडादर भनेको छ । तर बढेको भाडा वैज्ञानिक छैन भन्नुहुन्छ यातायात अधिकारकर्मी रामबहादुर थापा ।
ट्याक्सी भाडा पनि बढेको छ । चढने वित्तिकै ५० रुपैयाँ तिर्नुपर्ने र त्यसपछि प्रति दुई सय मिटरमा आठ रुपैयाँ ८० पैसा थप हुँदै जानेछ । भाडा बढाएसँगै यातायात व्यवसायी खुसी छन् । तर, दैनिकी महङ्गी बढ्ने भएपछि नागरिक खुसी छैनन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६, १८:२३