काठमाडौँ । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धानका लागि खाँणलाई प्रहरीले बुधबार बिहान मैजुबहालस्थित नीजि निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
खाँणलाई आजै छोड्ने वा अदालतबाट म्याद थप गरेर हिरासतमा राख्ने भन्नेबारे भने निर्णय भइनसकेको काठमाडौँ प्रहरी परिसर श्रोतले जनाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम लिएको प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहिन छन् ।
यस विषयमा सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सांसद तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०, १२:०१