काठमाडौँ । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलले विज्ञप्ति निकालेर राज्यले गर्ने अनुसन्धानमा सहयोग पुर्याउन अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुङ्गो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको जानकारी दिनुभएको हो ।
रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजी रहेको छ। रायमाझीका छोरा सन्दीप भने पक्राउ परेका छन् । बुधवार नै प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पनि प्रहरीले पक्राउ गरेको छ । यससँगै यो प्रकरणमा अहिलेसम्म १२ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०, १४:०२