काठमाडौं । दोस्रो जनआन्दोलन २०६२/६३ मा प्रहरीको गोली लागेर घाइते हुनुभएका मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा हिजो बेलुका उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनुभयो ।
उहाँको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको थियो । ३२ वर्षका मुकेश १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा हुनुहुन्थ्यो । २०६२ चैत २७ गते आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली मुकेशको कञ्चटमा लागेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०, ०७:१०