काठमाडौँ रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण होस् वा सुनधारा धरहराको पुनर्निर्माण गर्दा सम्पदाको मापदण्ड मिचियो र कङ्क्रिट र रडको प्रयोग भयो ।
पसुपति होस् वा स्वयम्भु जताततै निर्माणको क्रममा सम्पदाको मापदण्ड मिचिँदै छ, हाम्रो मौलिकता हराउँदै छ ।
धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने मुख्य जिम्मेवारी सरकारकै हो भने त्यसलाई सघाउने काम आम समुदायको हो ।
इन्डोनेसियाको बालीबाट पाठ सिकेर नेपालले पनि धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने र मठमन्दिरको पुनर्निर्माण गरेर पर्यटन प्रवर्धन गर्न सक्दछ ।
बालीको सरकार र त्यहाँका आम समुदायले जस्तै धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण आम नेपाली लाग्ने हो भने पर्यटनमार्फत नेपाल समृद्धिको दिशामा जान सक्दछ ।
इन्डोनेसिया संसारकै सबैभन्दा बढी मुस्लिम जनङ्सख्या भएको देश भए पनि हिन्दु मठमन्दिर र संस्कृतिमार्फत पर्यटक भित्राउन सफल मुलुक हो ।
प्रायः धेरै हिन्दु भएको र धेरै धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरू भएको नेपालमा भने ती क्षेत्रको संरक्षण र पर्यटन प्रवर्धनमा खासै ध्यान जान सकेको छैन ।
मुस्लिम देश इन्डोनेसियाबाट नेपालले पाठ सिकेर मठमन्दिर तथा सम्पदा स्थलहरूको संरक्षण र प्रचारप्रसारको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने बाटो लिनु पर्दछ ।
१५ सताब्दीसम्म हिन्दुहरूको बाहुल्यता भएको इन्डोनेसियामा मुस्लिमहरूसँग पराजित भएपछि त्यहाँका राजाले नै सबै नागरिकको धर्म परिवर्तन गरिदिने सहमति गरेर सत्ता जोगाएका थिए ।
धर्म छोडे पनि परम्परागत हिन्दु र बौद्ध संस्कृति अनि त्यहाँका धार्मीक सम्पदास्थलहरूको संरक्षण गर्न राज्य नै लाग्यो ।
त्यहाँका मानिसहरूको पनि उमा, सीता, राम, महेश, लक्ष्मी जस्ता नाम छन् भने धेरै जस्तो संस्थाहरूको नाम पनि संस्कृत भाषाबाट आएको पाइन्छ ।
प्रत्येक टोल र समुदायमा अनिवार्य रूपमा तीन वटा मन्दिर बनाउने काम त्यहाँका नागरिकले गर्दै आएका छन् । समुदाय नै मिलेर बिहानै फोहोर उठाउने र सफा गर्ने चलनका कारण त्यहाँका सहर सधैँ सफा देखिन्छन् ।
देवीदेवताका मन्दिर र बुद्ध स्तुपाको संरक्षण गरेर पर्यटन प्रवर्धन गरेर विश्वका पर्यटक तान्ने काम गरेको इन्डोनेसियाबाट नेपालले धेरै कुरा सिक्नु आवश्यक छ ।
इन्डोनेसियाको अन्य सहरहरूमा रामायण र महाभारतकालीन मठमन्दिर र कला, संस्कृति देख्न त सकिन्छ तर बाली प्रदेशमा प्रवेश गरेपछि पूरै प्रदेश नै मन्दिर नै मन्दिरको सहर जस्तो लाग्छ ।
त्यहाँको सरकारले मठमन्दिरको संरक्षण र विस्तारको रणनीति त लिएकै छ आम नागरिकले पनि आफ्ना भौतिक संरचना बनाउँदा मन्दिर जस्तै प्यागोडा शैलीमा बनाउने गरेका छन् ।
प्रत्येक टोल र समुदायमा अनिवार्य रूपमा तीन वटा मन्दिर बनाउने काम त्यहाँका नागरिकले गर्दै आएका छन् ।
समुदाय नै मिलेर बिहानै फोहोर उठाउने र सफा गर्ने चलनका कारण त्यहाँका सहर सधैँ सफा देखिन्छन् ।
बालीमा भएका दर्जनभन्दा बढी प्रसिद्ध थिएटरहरूमा पौराणिक नाटक र नृत्य हेर्नका लागि पर्यटकहरू खचाखच भरिएका हुन्छन् ।
बालीको राजधानी देन्पासरमा रहेको उमादेवी नृत्य केन्द्रमा देखाइएको रामायणका नृत्य हेर्दा स्वर्ग नै पुगेको जस्तो अनुभव हुन्छ ।
यही नृत्यले दर्शक बटुलिरहेको थियो । नृत्य केन्द्रको मञ्चमा शास्त्रीय शैलीको नृत्य गर्दै राम र सीताको प्रवेश हुदा नेपाल अनि भारतका पर्यटक निक्कै खुसी देखिन्थे ।
ती मन्दिरमा खाना खानुअघि दिनको तीन पटकसम्म पुजा गर्ने चलन छ । पुजा गर्दा नेपालको जस्तो अबिर केसरी चढाउने चलन त्यहाँ छैन ।नरिवलको पातबाट गाँसिएको टपरी र बोहोतामा फूल, खानेकुरा, चुरोट र पेय पदार्थ चढाउने गरिन्छ ।
इन्डोनेसियाको अनुमानित जनसङ्ख्या २६ करोड ८८ लाख ४९ हजार नौ सय ८४ छ । मुस्लिम बाहुल्यता रहेको इन्डोनेसियाको बाली प्रान्तमा भने ८५ प्रतिशत हिन्दु बसोबास गर्दछन् ।
हिन्दुको संस्कार, संस्कृति हेर्न विश्वभरका पर्यटक बाली पुग्छन् । उलुुवाटु मन्दिरमा पर्यटकको लावालस्कर देख्दा नेपालकै पशुपतिनाथ पुगे जस्तै हुदो रहेछ ।
त्यहाँ अविर, केसरी नचढाए पनि सिङ्गारिएका ढक्कीहरूमा फूल, फल र खानेकुरा राखेर मठमन्दिरमा चढाइँदो रहेछ ।
कछाड बाँधेर मन्दिर प्रवेश गर्दा झनै रमाइलो देखिन्थ्यो । उलुबाटुको अर्को विशेषता त्यहाँ देखाउने केचक नृत्य रहेछ ।
राम, सीता, हनुमानलगायतका पात्रको प्रस्तुतिले हाम्रो मन तान्यो ।
हरेक घर मन्दिर जस्तै अनि घर अगाडि मन्दिर र त्यो तल्लो भागमा मान्छेले धोती लगाए जस्तै कपडा बेरिएको दृष्य आनन्ददायक देखिन्छ ।
त्यसरी कपडा बेर्नेलाई सेरुङ भनिदो रहेछ ।
ती मन्दिरमा खाना खानुअघि दिनको तीन पटकसम्म पुजा गर्ने चलन छ । पुजा गर्दा नेपालको जस्तो अबिर केसरी चढाउने चलन त्यहाँ छैन ।
नरिवलको पातबाट गाँसिएको टपरी र बोहोतामा फूल, खानेकुरा, चुरोट र पेय पदार्थ चढाउने गरिन्छ ।
हरेक घर र होटलको अगाडि पनि त्यसैगरी सुन्दर तरिकाले सजाएर चढाएको देखिन्छ । यसले पनि पर्यटकलाई नयाँ अनुभूति गराइरहेको हुन्छ ।
८० प्रतिशतभन्दा बढी हिन्दु भएका मठमन्दीर र संस्कृति हेर्नका लागि बालीमा मात्रै हरेक वर्ष ५० लाख पर्यटक पुग्ने गरेको पाइन्छ ।
बाली र सुग्रीवको देशमा त रामायणमार्फत पर्यटन प्रवर्धन गरिएको छ भने झन प्रमुख पात्र सीताको देश नेपालमा गर्न नसक्ने होइन ।
यसका लागि नेताहरूले जिम्मेवार बनेर लाग्नु पर्दछ र आम नागरिकले पनि सघाउनु पर्दछ । बालीका विभिन्न मन्दिरमध्ये उत्तर पश्चिममा रहेको तहन लोट मन्दिर पनि एक प्रसिद्ध मन्दिर हो ।
यो मन्दिर समुद्र किनारमा रहेको चट्टानको ढिस्कोमा रहेको छ, जसको वरिपरि समुद्रले घेरेको छ ।
नेपालको ललितपुरको गोदावरी कुण्ड जस्तै त्यहाँ पनि तीन वटा कुण्ड रहेछन्, यहाँको जस्तै भित्र र बाहिरको कुण्डहरूमा स्नान गर्नुको छुट्टाछुट्टै महत्व रहेछ । त्यहाँको जस्तै व्यवस्थित गर्न सके गोदावरीमा पनि धेरै विदेशी पर्यटक भित्राउन सकिन्छ ।
अलिकति समुद्र तरेर यो मन्दिरमा गएर भगवान विष्णुको दर्शन गर्न सकिन्छ ।
१६ औँ शताव्दिमा बनेको यो मन्दिर निक्कै शक्ति भएको मन्दिरको रूपमा परिचित छ । मन्दिर छेउमै सुमुद्रको छालमा खेल्ने पर्यटक त्यहाँ प्रशस्त देखिन्छन् ।
त्यस्तै अर्को तिर्थस्थल ‘पूरा तिर्थ इम्पुल’ पनि प्रसिद्ध तिर्थस्थल हो । त्यहाँ रहेका तीन वटा कुण्डमा पालैपालो स्नान गरेर मठमन्दिरको दर्शन गर्ने चलन छ ।
यसलाई गोदावरी बागमति जस्तै पवित्र तिर्थस्थल भनिँदो रहेछ ।
नेपालको ललितपुरको गोदावरी कुण्ड जस्तै त्यहाँ पनि तीन वटा कुण्ड रहेछ, यहाँको जस्तै भित्र र बाहिरको कुण्डहरूमा स्नान गर्नुको छुट्टाछुट्टै महत्व रहेछ । त्यहाँको जस्तै व्यवस्थित गर्न सके गोदावरीमा पनि धेरै विदेशी पर्यटक भित्राउन सकिन्छ ।
त्यहाँ दान पुण्य पात्र भनेर चन्दा बाकस राखेको देखेर नेपालकै कुनै मन्दिरमा भएको जस्तो प्राय धेरैलाई हुन्छ ।
त्यसबाहेक महाभारत, तिर्थगंगा, उलु वातु, विष्णु गरुडा, बातुबोलोन आदि धार्मिक महत्व स्थलहरू हुन् ।
यी स्थल विश्वका पर्यटकका लागि आकर्षण मात्र नभएर धार्मिक आश्थाका केन्द्र पनि हुन् ।
बालीमा हिन्दु परम्परा र संस्कृति झल्काउने नृत्य, मूर्तिकला, चित्रकला, पौराणिक सङ्गीतले पनि पर्यटकलाई लामो समय सहभागी गराउनलाई सघाइरहेको छ ।
बालीमा जस्तै पर्यटक भित्राउन पाइयो भने हाम्रा होटल व्यवसाय, कृषि व्यवसाय र सानासाना उद्योग फस्टाउँछन् । युवाहरूले स्वेदशमै रोजगार प्राप्त गर्दछन् र नेपाल समृद्धिको दिशातर्फ लम्कन सक्छ ।
हामी नेपालीले कसैलाई भेट्ने बित्तिकै नमस्कार गरे जस्तै बालीका नागरिकले नमस्कार गर्दा दुई हात जोडेर मन्त्र ‘ओम स्वास्त्यास्तु ’ भन्ने गर्दछन् भने छुटिदा वा कार्यक्रम सकिएपछि ‘ओम शान्ति, शान्ति, शान्ति, ओम ’ भन्ने गर्दछन् ।
मुस्लिमहरूले समेत ‘ओम स्वास्त्यास्तु ’ भन्दा धार्मिक सहिष्णुता राम्रो भएको लाग्यो ।
बालीका नागरिकले अतिथिलाई यसरी सत्कार र सद्भाव गरेर खुसी बनाउने भएकाले पनि पर्यटन प्रवर्धनमा सकारात्मक प्रभाव पारेको रहेछ ।
बालीका नागरिकहरूले प्राय गणेश र शिवको पुजा गरेको देखियो तर सबै देवीदेवतालाई गणेशकै रुपमा पुजा गरेको पनि देखियो ।
हजारौँ वर्ष पुराना केही मन्दिर भए पनि अधिकांश मन्दिर पछिल्लो समय सिमेन्टबाट बनेको देखिन्छ ।
हामीसँग समुद्र नभए पनि हिन्दुहरूका हजारौँ वर्ष पुराना मठमन्दिर, विश्वका हिन्दुहरूको आस्थाको केन्द्र पसुपतिनाथ, बुद्धको जन्मभूमि लुम्बिनी, सिताको जन्मस्थल जनकपूर, मुक्तिनाथ जस्ता हजारौँ मठमन्दिर र पवित्र तिर्थस्थलहरू छन् ।
हाम्रा अनगिन्ती हिमाल, पहाड, टाकुरा, खोला, झरना, ताल, आकर्षक उपत्यकाहरूले पर्यटक खोजिरहेका छन् । बालीबाट सिकेर हामिले पनि यिनै स्थलहरूको संरक्षण र प्रचार गरेर बिदेशी पर्यटक भित्राउन सक्दछौँ ।
बालीमा जस्तै पर्यटक भित्राउन पाइयो भने हाम्रा होटल व्यवसाय, कृषि व्यवसाय र सानासाना उद्योग फस्टाउँछन् । युवाहरूले स्वेदशमै रोजगार प्राप्त गर्दछन् र नेपाल समृद्धिको दिशातर्फ लम्कन सक्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०, १४:१६