काठमाडौँ । नेपाली काँग्रेसका पुराना नेता एवं संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ। उहाँको बिहान ४ बजे काठमाडौँको सिफलस्थित आफ्नै निवासमा निधन भएको हो।
‘नेपाली काँग्रेसको इतिहासको प्रारूप’ पुस्तकका लेखक बस्नेतले गिरिजाप्रसाद कोइरालाको प्रेस सल्लाहकारका रूपमा पनि काम गर्नुभएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि ९ वर्ष जेल जीवन बिताएका बस्नेत काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य पनि बन्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०, १०:४४