काठमाडौँ । नेपाली काँग्रेस नेता तथा प्रतिनिधि सभाका सांसद सञ्जयकुमार गौतमले आफ्ना माग सम्वोधन नभएसम्म अनशन नतोड्ने बताउनु भएको छ ।
हिजोबाट उहाँले बर्दियाको जब्दिघाट नजिकै आमरण अनशन सुरु गर्नुभएको छ ।
गौतमले राखेको १५ सुत्रीय मागमा बबई नदीको जब्दिघाटमा नयाँ पुल निर्माण गर्नुपर्ने, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध र बबई सिंचाई आयोजनामा बजेट कटौती सच्याउनुपर्नेलगायत मागसहित उहाँ हिजो साँझबाट अनशनमा बस्नुभएको हो ।
सदनमा जब्दिघाटको पुल निर्माणको आवाज धेरै पटक उठाए पनि राज्यले बेवास्ता गरेकाले अब माग पूरा नभएसम्म अनशन नतोड्ने बताउनुभयो ।
पप्पु कन्स्ट्रसनले निर्माण गरेको पुल २०७९ साल असोज २० गते बाढीले बगाएको थियो । बबई नदीस्थित जब्दीघाट पुल बारबर्दियामा सांसद गौतम र प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी अनशनमा बस्नुभएको हो ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०, १०:३६